×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रिय सभा : एमालेद्वारा बजेट आश्रित विधेयकमाथिको छलफल बहिष्कार

राष्ट्रिय सभा : एमालेद्वारा बजेट आश्रित विधेयकमाथिको छलफल बहिष्कार

काठमाडौं- विवादमा तानिएका अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै आएको प्रमुख विपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभामा बजेट आश्रित विधेयकमाथिको छलफल बहिष्कार गरेको छ । अर्थमन्त्री शर्माले अनाधिकृत व्यक्तिबाट करको दर हेरफेर गरेको भन्दै एमालेले राजीनामा वा संसदीय छानविन समिति गठनको माग अघि सारेको छ ।

आफूहरुको मागको सुनुवाइ नभएको भन्दै एमालेले बजेट आश्रित विधेयकमाथिको छलफल बहिष्कार गरेको हो । शुक्रबार राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले अर्थमन्त्री शर्मालाई प्रतिनिधि सभाबाट पारित भएर आएको सन्देशसहितको आर्थिक विधेयकमाथि दफावार छलफलका गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिने वित्तिकै एमालेले उठेर विरोध जनायो ।

अध्यक्ष तिमिल्सिनाले एमाले सांसद भैरव सुन्दर श्रेष्ठलाई बोल्न समय दिए । त्यसपछि सांसद श्रेष्ठले अर्थमन्त्री शर्माले पेश गर्ने प्रस्तावउपर छलफलमा भाग नलिने पार्टीको निर्णय रहेको जानकारी गराए । त्यसपछि एमाले सांसदहरु बैठक हलबाट बाहिर निस्किए ।

 

एमाले सांसदहरुले बैठक बहिष्कार गरे पनि अध्यक्ष तिमिल्सनाले अर्थमन्त्री शर्मालाई प्रस्ताव प्रस्तुत गर्न समय दिए । एमाले बाहेकका सांसदहरुको अनुपस्थितिकाबीच पनि राष्ट्रिय सभामा आर्थिक विधेयकमाथि छलफल भएको छ ।

 

प्रतिकृया दिनुहोस्