काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारहरूसँग अन्तरक्रिया गर्दै छन् । ओलीले दिउँसो १२ बजेपछि काठमाडौँको तीनकुनेस्थित एक बैंक्वेटमा पत्रकारहरूसँग अन्तरक्रिया गर्दै छन् । प्रेस चौतारी नेपालको आयोजनामा ओलीसँग पत्रकारहरूले साक्षात्कार गर्दै छन् । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतकाअनुसार ओलीले दोस्रो पटक अध्यक्ष बनेपछि पहिलो पटक पत्रकारहरूसँग अन्तरक्रिया गर्न लागेका हुन् ।