×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भीम रावल आज पत्रकार सम्मेलन गर्दै

भीम रावल आज पत्रकार सम्मेलन गर्दै

काठमाडौँ- नेकपा एमाले नेता भीम रावलले पत्रकार सम्मेलन गर्दैछन्। निर्वाचनमा टिकट नपाएको र आफ्नो पछिल्लो राजनीतिक यात्राका बारेमा उठेका जिज्ञासा सम्बोधन गर्न रावलले आज दिउँसो १ बजे कार्की व्याङ्केट माइतिघरमा पत्रकार सम्मेलन गर्न लागेका हुन्।

रावलले भनेका छन्, ‘आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा मेरो नाम अछाम जिल्ला, प्रतिनिधि सभा, निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका नेकपा एमालेका वडा, पालिका र निर्वाचन क्षेत्र समन्वय कमिटी तथा अछाम जिल्ला कमिटी र सुदूरपश्चिम प्रदेश कमिटीबाट सर्वसम्मतिले एकमात्र उम्मेदवारको रुपमा सिफारिश भएको तर केन्द्रबाट हटाई सिफारिश नै नभएको व्यक्तिलाई उम्मेदवार बनाइएको सम्बन्धमा उठेका विभिन्न जिज्ञासा, सरोकार र टिका टिप्पणीका सन्दर्भमा पत्रकार भेटघाट राखेको छु।’ उनले आफूले टिकट नपाएरै भने पार्टी नछाड्ने बताउँदै आएका छन्।

प्रतिकृया दिनुहोस्