×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विद्यालयमा १३ वर्षीय बालकले गोली चलाए, ९ जनाको हत्या

विद्यालयमा १३ वर्षीय बालकले गोली चलाए, ९ जनाको हत्या

काठमाडौं- सर्बियाको राजधानी बेलग्रेडस्थित एक प्राथमिक स्कुलमा गोली ९ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । एक नाबालिगले आफ्नै स्कुलमा गोली चलाउँदा आठ जना विद्यार्थी र एकजना सुरक्षा गार्डको मृत्यु भएको बीबीसीले जनाएको छ । ६ जना विद्यार्थी र एकजना शिक्षक घाइते भएका छन् । राष्ट्रपति एलेक्जेन्डर बुसिकले यो घटनालाई देशकै सबैभन्दा कठिन दिन भन्दै तीन दिन शोकको घोषणा गरेका छन् ।

गोली चलाउने व्यक्ति १३ वर्षीय नाबालिग रहेको प्रहरीले जनाएको छ । उनले आक्रमणको योजना पहिलेदेखि बनाएको र क-कसलाई मार्ने भनेर सूची तयार पारेको प्रहरीको भनाइ छ । उनलाई प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै बुवाको लाइसेन्स प्राप्त बन्दुकले आक्रमण गरेका थिए । स्कुलमा आक्रमण गर्नुभन्दा अगाडि उनी आफ्नो बुवासँगै सुटिङ प्रशिक्षणमासमेत गएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले उनका बुवालाई पनि पक्राउ गरेको छ ।

प्रतिकृया दिनुहोस्