काठमाडौं । सरकारले अब पत्रकारका लागि पनि जाँच लिने व्यवस्था गर्न लागेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।
उनले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन आदेश स्वीकृतिका लागि सञ्चार मन्त्रालयले अर्थमन्त्रालयमा पठाएको जानकारी दिए । अर्थले बजेटको ग्यारेन्टी गरेको अवस्थामा यो प्रतिष्ठान गठनले गति लिने उनले बताए ।
पत्रकारका कारण कहिलेकाहीँ देशको शिर झुक्ने अवस्था आएकाले जाँच लिने व्यवस्था गर्न लागेको उनले बताए ।