काठमाडौँ- अमेरिकाले नेपाललाई यही माघ १८ गतेभित्र अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट पास गर्न अल्टिमेटम दिइएको छ ।
अन्यथा एमसीसी फर्ता लैजाने अमेरिकाले चेतावनी दिएको हो ।
एमसीसी १८ गतेभित्र संसदबाट पास गर्न दबाब आएको आफूलाई जानकारी आएको एकीकृत समाजवादीका नेता तथा सत्तारुढ दल गठबन्धनले एमसीसीबारे छलफल गर्न गठीत कार्यादलका संयोजक झलनाथ खनालले जानकारी दिए । उनले यस्ता दबाब यसअघि पनि आएकाले आफूलाई विश्वास नलागेको बताए ।
यस्तै उनले अब यसबारे छलफल गर्न कार्यदलको बैठक नबस्ने बताए । उनले कार्यदलको काम सकेर प्रधान मन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएकाले अब बैठक नबस्ने बताए । संसद सचीवालयले प्रतिनिधिसभाको बैठक यही माघ २६ गते र राष्ट्रिय सभाको बैठक अनिश्चित समयका लागि स्थगित गरिएको छ । माघ १८ गतेभित्र एमसीसी पास गर्न नसकिने बताइएको छ । अमेरिकाले यसअघि पनि एमसीसी पास गर्न नेपाललाई दबाब दिँदै आएको थियो ।