×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भुटानी शरणार्थीहरुका नेता डा.भम्पा राईको निधन

भुटानी शरणार्थीहरुका नेता डा.भम्पा राईको निधन

काठमाडाैँ- झापाको दमकमा बस्दै आएका भुटानी शरणार्थीहरुका नेता डा.भम्पा राईको निधन भएको छ । ७५ वर्षीय राईको आज बिहान २ बजेर ४० मिनेटमा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

पाँच दिन अघि हर्नियाको शल्यक्रिया गरेका राईको शनिबार दिउँसो ३ बजेतिर मुटुको चाल कम भएको थियो । तत्काल दमकस्थित लाइफालाइन अस्पताल भर्ना गरिए पनि चिकित्सकहरुले त्यहाँबाट विराटनगर रिफर गरेका थिए । उपचारकै क्रममा उनको आज बिहान निधन भएको राईकी भाञ्जी गौरी राईले जानकारी दिइन् ।

३० वर्षदेखि भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका राई दमकमा एक्लै बस्दै आएका थिए । दुई वर्षअघि पत्नी उर्मिलाको निधन भएपछि उनी दमकस्थित डेरामा एक्लै बस्दै आएका हुन् । राई पेटसम्बन्धी गम्भीर रोगबाट पीडित थिए ।

 
 

प्रतिकृया दिनुहोस्