×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

काठमाडाैँमा मेयरमा मात्रै ५२ जनाको जमानत जफत

काठमाडाैँमा मेयरमा मात्रै ५२ जनाको जमानत जफत

काठमाडाैँ- काठमाडौंमा महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका ५२ जनाको जमानत जफत भएको छ। काठमाडौंको प्रमुख पदमा बालेन साह, सिर्जना सिंह र केशव स्थापित बाहेकका सबै उम्मेदवारको जमानत जफत भएको हो।

साह स्वतन्त्र, सिंह कांग्रेस र स्थापित एमालेका तर्फबाट उम्मेदवार बनेका थिए। काठमाडौंको मेयर पदका लागि ५५ जनाले उम्मेदवारी दर्ता गराएका थिए।

काठमाडौंमा १ लाख ९० हजार ९ सय ६२ मत खसेको थियो। त्यसमध्ये ७ हजार ६ सय ८२ मत पूर्ण बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कानुनी प्रावधान अनुसार कुनै पनि उम्मेदवारको जमानत जोगिनका लागि जम्मा सदर मतको १० प्रतिशत मत ल्याउनपर्ने हुन्छ।

प्रमुख पदमा खसेकोमध्ये १ लाख ५९ हजार ९ सय ६ मत सदर भएको आयोगले जनाएको छ। मेयरमा निर्वाचित भएका साहले ६१ हजार ७ सय ६७ मत प्राप्त गरेका छन्। सिंहले ३८ हजार ३४१ मत र स्थापितले भने ३८ हजार ११७ मत प्राप्त गरेका छन्।

सदर मतको साहले ३८.६३ प्रतिशत, सिंहले २३.९८ प्रतिशत र स्थापितले २३.८४ मत ल्याएर जमानत जोगाउन सफल भएका हुन्।

उपमेयरमा २७ जनाको जमानत जफत

उपमेयरमा उम्मेदवारी दिएका ३० जनामध्ये २७ जनाको जमानत जफत भएको छ। उपमेयरमा खसेका मतमध्ये १ लाख २८ हजार ९७५ सदर भएको निर्वाचन आयोगले जनाएको छ।

उपमेयरमा निर्वाचित भएकी एमालेकी सुनिता डंगोलले ६८ हजार ६१२ मत प्राप्त गरेकी छिन्। उनले प्राप्त गरेको मत सदर मतको ५३.२० प्रतिशत हो।

उपमेयरमा गठबन्धन तर्फबाट एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले २३ हजार ८०६ मत पाएका छन्। उपमेयरमा खसेको मतको १८.४६ प्रतिशत हो।

त्यस्तै, स्वतन्त्र उम्मेदवार विद्या श्रेष्‍ठले पनि जमानत जोगाएकी छिन्। उनले १३ हजार ६९५ मत पाइन् जुन सदर मतको १०.६२ प्रतिशत हो। उनलाई निर्वाचन आयोगले आँखीझ्याल चुनाव चिन्ह दिएको थियो।

प्रतिकृया दिनुहोस्