×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

टी-२० लिग : रोहितको अर्धशतकमा विराटनगरको दोस्रो जित

टी-२० लिग : रोहितको अर्धशतकमा विराटनगरको दोस्रो जित

काठमाडौँ- नेपाल टी-ट्वान्टी लिगमा विराटनगर सुपर किङ्सले दोस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १३६ रनको लक्ष्य विराटनगरले १८ ओभर ४ लमा २ विकेट गुमाएर पुरा गर्‍यो ।

विराटनगरका लागि रोहित पौडेलले अर्धशतकीय पारी खेले । ५७ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गर्दै ७१ रन बनाए । त्यस्तै गौरान्सु शर्माले ३३ तथा हुसेन तलतले अविजित २८ रन बनाए । पोखराका लागि अमिर हम्जा र जाहिर खानले समान एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको थियो ।

पोखराका लागि अमिर हम्जाले ३७ रन बनाउँदा सुमित महर्जनले २६ रन बनाएका थिए । कप्तान उपुल तरङ्गा २५ रन जोडे । विराटनगरका लागि कप्तान आन्द्रे म्याकार्थीले ३ विकेट लिए । त्यस्तै साहब आलम, राज नानन र नन्दन यादवले समान एक/एक विकेट लिए ।

जितसँगै विराटनगरले ४ खेलमा चार अङ्क जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ । पाँच खेल खेलेर अङ्क विहीन पोखरा तालिकाको पुछारमा रहेको छ ।

प्रतिकृया दिनुहोस्