×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मोबाइल चोरी गर्ने दुई प्रहरी निलम्बित

मोबाइल चोरी गर्ने दुई प्रहरी निलम्बित

धनगढी- कैलालीको धनगढीस्थित ग्लोबल मोबाइल ग्यालरीबाट मोबाइल चोरी गर्ने दुई जना प्रहरी निलम्बित भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवलदार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढाल निलम्बनमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले उनीहरुविरुद्ध चोरीको मुद्दा दर्ता भई पाँच दिनको म्याद थप भएको बताए । म्याद थप हुने बित्तिकै उनीहरू स्वतः निलम्बनमा परेको उनले बताए ।

लागू औषधको कारोबार भइरहेको सूचना पाएपछि मोबाइल ग्यालरीमा छिरेका माल र बुढालले मोबाइल चोरी गरेको भिडियो सार्वजनिक भएको थियो । भिडिओ सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले उनीहरूलाई नियन्त्रणमा लिँदै मुद्दा दर्ता गरेको हो ।

भिडियो सार्वजनिक हुनुअघि सोही मोबाइल ग्यालरीबाट निलम्बित प्रहरीले नै लागु औषधसहित तीन जनालाई पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस्