काठमाडौं - सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको पुनस् शपथको माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्च अदालतले निवेदकले मागे बमोजिम आदेश जारी गर्नु नपर्ने कुनै कारण भए १५ दिनभित्र पेश गर्न सरकार र राष्ट्रपति कार्यालयको नाममा आदेश दिएको हो । अन्तरिम आदेशसँगै प्रधानमन्त्री ओलीले दोहोर्याएर शपथ लिनुनपर्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो । अन्तरिम आदेश दिन अस्वीकार गरे पनि सर्वोच्चले यसबारे विपक्षीहरुलाई १६ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिँदै अन्तिम निर्णय त्यसपछि हुने बताएको छ ।
वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसहित अधिवक्ताहरु राजकुमार सुवाल, सन्तोष भण्डारी र नवराज अधिकारीसमेतले सर्वोच्च अदालतमा आज छुट्टाछुट्टै रिट दर्ता गराएका थिए ।प्रधानमन्त्री ओलीले गत बैशाख ३१ गते पद तथा गोपनियताको सपथ लिने क्रममा ’ईश्वर’को नाम उच्चाहरण गर्नुभएको थिएन । साथै, उहाँले ’प्रतिज्ञा गर्दछु’ भन्ने शब्द पनि उच्चाहरण गर्न चाहनुभएन ।