काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता हुनुपर्ने बताएका छन् ।
उनि लेख्छन्, अब नयाँ संसद्को बैठक बस्न कति समय लाग्ला? १ हप्ता? २ हप्ता ? ३ हप्ता ?त्यस्तो के आपत्काल लागेको थियो र १-२ हप्ता पनि कुर्न नसकिने?यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ,नयाँ संसद्को अधिकार मिच्ने प्रयास भएको छ। यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो।यो तत्काल फिर्ता हुनपर्छ । सरकारले आइतबार बेलुका रेशम चौधरी लगाएतलाई आममाफी दिन मिल्ने गरी मन्त्रिपरिषद बैठकबाट अध्यादेश ल्याउने निर्णय गरेको थियो ।