काठमाडौँ- नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रुपैयाँ ५२ पैसा र बिक्री दर १३१ रुपैयाँ १२ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ १७ पैसा र बिक्री दर १४१ रुपैयाँ ८२ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ४० पैसा र बिक्री दर १६० रुपैयाँ १३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७९ पैसा र बिक्री दर ३५ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
यस्तो छ विदेशी मुद्राको विनिमय दर: