अमेरिकाको फ्लोरिडा राज्यमा १२ तलाको एक आवासीय भवन भत्किँदा एक जनाको ज्यान गएको छ भने ९९ जना हराई रहेका छन् । सन् १९८0 मा बनेको यो भवनमा कतिजना बस्थे भन्ने यकिन नभएको बताईएको छ ।
भत्किएको भवनमुनि पुरिएका मानिसहरुको उद्धारको काम भई रहेको छ । हालसम्म ३५ जनाको उद्धार भएको छ । भवन के कारणले भत्कियो भन्ने बारे खुलेको छैन । भवन भत्किँदा त्यहाँ कति जना थिए भन्ने बारे खुलेको छैन ।
बीबीसीका अनुसार उक्त भवनमा २ सय ३० वटा फ्ल्याट छन् । यसमध्ये आधाजसो भागमा असर परेको खबरमा उल्लेख गरिएको छ । भवनको छतमा निर्माणको काम भइरहेका बेला भवन भत्किएको हो । एजेन्सी