काठमाडाैँ- साउदी अरबमा भएको रियाद सिजन टोली र पेरिस सेन्ट जर्मेन (पिएसजी) को मैत्रीपूर्ण खेलमा फ्रान्सेली टोलीले जित हासिल गरेको छ । निकै रोमान्चक खेलमा पिएसजी ५-४ ले विजयी भयो ।
पिएसजीका लागि लिओनेल मेस्सी, किलीयन एमबाप्पे, मार्किन्हस, सर्जियो रामोस र ह्युगो एकिटिकेले १-१ गोल गरे । रियादका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा एन्डरसन तालिस्का र जाङ ह्युन सुले गोल फर्काएपनि नतिजा बदल्न सकेनन् ।