×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

नेपालमा कोभिडबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

नेपालमा कोभिडबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

नेपालमा कोभिड संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । कोभिडको तथ्याङ्क अद्याविधक गरिरहेको वेबसाइट वर्ल्ड ओ मिटरकाअनुसार नेपालमा अहिलेसम्म कोभिडबाट १० हजार १९ जनाको ज्यान गएको पुष्टि भएको छ ।

नेपालमा अहिलेसम्म ३६ लाख ६५ हजार ८३५ जनाको परीक्षण गरिएकोमा ७ लाख १० हजार ५ सय ९ जनामा कोभिड देखिएकोमा ६ लाख ६५ हजार ५४८ जना निको भएका छन् ।

नेपालको परीक्षण दर प्रति १० लाखमा १ लाख २३ हजार ३९४ जना रहेको छ । कोभिड देखिएका विश्वका २ सय २२ देशमध्ये नेपाल ४० औं  स्थानमा रहेको पनि वर्ल्ड ओ मिटरले जनाएको छ ।

अहिलेसम्म कोभिडबाट सबैभन्दा धेरै अमेरीकामा ६  लाख ३१ हजार ८७९ जनाको मृत्यु भएको छ भने दोश्रो बढी प्रभावित देश भारतमा ४ लाख २६ हजार ७८५ जनाको मृत्यु भएको छ । अमेरिकामा नयाँ संक्रमित देखिने क्रम बन्द भएको छ ।

 
 

प्रतिकृया दिनुहोस्