×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पोल्याण्डकी क्यारोलिना बनिन् मिस वर्ल्ड, नम्रता टप ३० मा सीमित

पोल्याण्डकी क्यारोलिना बनिन् मिस वर्ल्ड, नम्रता टप ३० मा सीमित

काठमाडौँ- पोल्याण्डकी क्यारोलिना बेल्वास्काले यस वर्षको मिस वर्ल्डको उपाधि जितेको छ । बिहीबार बिहान भएको फाइनलमा क्यारोलिना उत्कृष्ट ठहरिएकी हुन् ।‍ 

अघिल्लो संस्करणकी विजेता टोनीएन सिङले नयाँ विजेता क्यारोलिनालाई ताज गहिर्‍याइन् । क्यारोलिना पोल्यान्डबाट विश्व सुन्दरी जित्ने दोस्रो प्रतिस्पर्धी हुन् ।

नेपालबाट प्रतिस्पर्धा गरेकी नम्रता श्रेष्ठ भने टप ३० मै सीमित भइन् । प्रतियोगितामा अमेरिकाकी श्री साइनी फर्स्ट रनरअप भइन् भने सेकेन्ड रनरअपको ताज ओलिभियाले पहिरिइन् । यसअघि नै सेमिफाइनल पुगेका र निर्णायकले छनोट गरेका २५ जनासहित ४० जनाले फाइनल राउन्डमा सहभागिता जनाएका थिए ।

मिस वर्ल्डको अन्तिम ३० मा यसअघि नै प्रवेश गरेकी मिस नेपाल नम्रता हेड टु हेड च्यालेन्जबाट प्रतिस्पर्धामा छानिएकी थिइन् । कूल ९७ प्रतिस्पर्धीमध्येबाट ४० जना प्रतिस्पर्धीलाई मात्र फिनालीमा सहभागी गराइएको थियो ।

प्रतिकृया दिनुहोस्