×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

पाल्पाली चर्चिल , एनआरएनए जापानको केन्द्रिय सदस्यमा जित्ने प्रबल सम्भावना

पाल्पाली चर्चिल , एनआरएनए जापानको केन्द्रिय सदस्यमा जित्ने प्रबल सम्भावना

जापान । पाल्पामा जन्मिएर विगत लामो समयदेखि जापानलाई कर्मथलो बनाउँदै आएका व्यवसायी चर्चिल कार्की जसले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकालका लागी केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । टोकियोको ओकुबुमा त्रिसरा रेष्टुरेन्ट लगायत अन्य व्यवसाय सफलतापुर्वक सन्चालन गर्दे आएका चर्चिलले आगामी दुई बर्षे कार्यकाल २०२५ देखी २७ सम्मका लागी आफ्नो उम्मेदवारी दर्ता गराएका हुन ।

सोचँ बदलौँ, संस्था बदलिन्छ, नेतृत्वमा युवा चाहिन्छ भन्ने विचारलाई प्रतिनिधीत्व गर्दै चुनावी मैदानमा होमिएका चर्चिलले युवापुस्ताको सोच, जोश र इमानदारीतालाई संस्थामा समाहित गर्दै एनआरएनएलाई अझ प्रभावकारी र उत्तरदायी बनाउने सकल्प सहित उम्मेदवारी दर्ता गराएको हामीसगँको कुराकानीमा जानकारी गराएका छन् ।  

सन् २०१६ मा एनआरएनए जापानको आधिकारिक रुपमा सदस्य बनि एनआरएनए अभियानमा जोडिएका उनि सामाजिक काममा निकै सक्रिय देखिन्छन् जसका कारण आगामी जुलाई २७ मा हुन लागेको एनआरएनए जापानको निर्वाचनमा जित्ने सम्भावना बोकेको भन्दै जापानवासी नेपालीमाझ चर्चामा  रहेका छन्  ।

जापानस्थित नेपाली व्यवसायिक समुदायमा पनि सशक्त उपस्थिति राख्ने युवा व्यवसायी चर्चिलले गत कार्यसमितीमा सूचना, प्रविधि तथा प्राविधिक मामिलातर्फको जिम्मेवारी सम्हाल्दै विभागीय सदस्यका रूपमा उल्लेखनीय योगदान पुर्‍याएका थिए,

चर्चिल कार्की भन्छन्, “एनआरएनए सबै नेपालीको साझा संस्था हो। यसलाई चलाउन नयाँ सोच, जवाफदेहिता र समर्पण आवश्यक छ। मलाई विश्वास छ — तपाईंहरूको साथ र समर्थनले हामी नयाँ युगको सुरुवात गर्न सक्छौं।”  सामाजिक काममा निरन्तर सक्रिय रहेर अगाडी बढेको अनुभवले एनआरएनए जापानको नयाँ यात्रामा जोडिन हौसला प्राप्त भएकाले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेको छु सबैको साथ र सहयोग पाउने अपेक्षा गरेको छु 


 

प्रतिकृया दिनुहोस्