×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सेयर बजारमा लगातार छैटौं दिन पनि वृद्धि, नेप्से २७०० विन्दुमाथि

सेयर बजारमा लगातार छैटौं दिन पनि वृद्धि, नेप्से २७०० विन्दुमाथि

काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा वृद्धिको यात्राले निरन्तरता पाएको छ। योसँगै नेप्से परिसूचक लगातार छैटौं दिन बढेको हो। आज नेप्से २.४० अंकले बढेर २७०६ विन्दुमा पुगेको छ।

यद्यपि, कारोबार रकम भने केही घटेको छ। अघिल्लो दिन ९ अर्ब ६४ करोडको कारोबार भएकोमा आज ९ अर्ब ५० करोड रुपैयाँमा सीमित भयो।

कुन क्षेत्रमा सुधार, कुनमा गिरावट?

आज अन्य समूहको परिसूचक सबैभन्दा धेरै ३.०६ प्रतिशतले बढ्यो। हिमालयन रि र नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्यमा उछाल आउँदा यो समूहमा उल्लेख्य वृद्धि देखिएको हो। त्यस्तै, वित्त (फाइनान्स) समूह २.४९ प्रतिशतले बढ्दा बैंकिङ, लगानी, उत्पादन तथा प्रशोधन र व्यापार समूहमा पनि सामान्य सुधार देखियो।

अर्कोतर्फ, विकास बैंक १.५३%, जलविद्युत १.०५%, जीवन बीमा १.३०%, र निर्जीवन बीमा ०.५१% ले घटे। यसैगरी होटल तथा पर्यटन र लघुवित्त समूहको परिसूचक पनि ओरालो लाग्यो।

कुन कम्पनीले कमाए, कुनले गुमाए?

आज नेपाल फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै १० प्रतिशतले वृद्धि भयो। यस्तै, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ७.३६ प्रतिशत, राप्ती हाइड्रोको ५.७० प्रतिशत, र अपरहेवाखोला हाइड्रोपावरको ५.१८ प्रतिशतले मूल्य बढ्यो।

गुमाउने कम्पनीको सूचीमा ग्रिन डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रह्यो, जसको मूल्य ८.५८ प्रतिशतले घट्यो। त्यसैगरी, सिन्धु विकास बैंकको ५.८१ प्रतिशत र खानीखोला हाइड्रोपावरको ५.४३ प्रतिशतले सेयर मूल्य घट्यो।

कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी, लक्ष्मी सनराइज बैंक (संस्थापक), हिमालयन रिइन्स्योरेन्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः शीर्ष स्थानमा रहे।

प्रतिकृया दिनुहोस्