×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एकै दिन ९६८ जनामा कोरोना संक्रमण

एकै दिन ९६८ जनामा कोरोना संक्रमण

काठमाडौँ- नेपालमा पुनः कोरोना संक्रमितहरूको संख्या बढ्न लागेको छ । पछिल्लो २४ घन्टामा गरिएको परीक्षणबाट मात्रै ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार एन्टिजेन र पीसीआर विधिबाट गरी १४ हजार ९७१ जनाको नमूना परीक्षण गरिएको थियो, सो क्रममा ९६८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर कसैको मृत्यु भएको विवरण भने प्राप्त नभएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट देशभर मृत्यु हुनेको संख्या भने ११ हजार ६०२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरी २६२ जना संक्रम मुक्त (निको) भएका छन् भने देशभर हाल ५ हजार ७४१ जना सक्रिय संक्रमित रहेका जनाइएको छ ।

आजै मात्रै २४ जनामा ओमिक्राेन प्रजातिकाे भाइरस पुष्टि भएकाे थियाे । यसपछि सरकारले स्वास्थ्य निगरानी बढाउने हेतुले सीसीएमसीकाे बैठक राखी कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल गरेकाे छ ।

 
 

प्रतिकृया दिनुहोस्