प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनदेखिको वर्षाका कारण घरबारविहिन भएकाहरूसम्म छिटोभन्दा छिटो राहत पुर्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् बैठकमा प्रधानमन्त्री ओलीले नागरिकको जिउधनको सुरक्षा गर्न र अफ्टेरोमा परेकालाई तत्काल राहतको व्यवस्था गर्न निर्देशन दिएका हुन्।प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद्मा सरोकारवाला मन्त्री, विपक्षी दलका नेता, सबै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, प्रधानसेनापति, राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलगायत सदस्य रहन्छन् ।