काठमाडौँ- सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सरेको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक अपरान्ह ४ बजे सरेको हो । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताको कार्यव्यस्तताका कारण बैठक सरेको नेता गिरिराजमणि पोखरेलले जानकारी दिए ।
‘११ बजे बस्ने भनिएको बैठक चार बजे बस्नेगरी सरेको छ, शीर्ष नेताको कार्यव्यस्तताले सार्नु परेको हो,’ उनले भने । आजको बैठकमा प्रदेश गठनका लागि अन्तरिम योजना बनाउने, चुनावी समीक्षा, विभागहरूको हेरफेर, जिम्मेवारी, राष्ट्रपति निर्वाचन, गृहमन्त्रीलगायतका विषयमा छलफल तथा निर्णय हुने बताइएको छ ।