×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेकाे आराेपमा पक्राउ परेकामध्ये ३ जना कारागार चलान

सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेकाे आराेपमा पक्राउ परेकामध्ये ३ जना कारागार चलान

दार्चुला - नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका आठ जनामध्ये तीन जना कारागार चलान भएका छन् । मङ्गलवार जिल्ला अदालत दार्चुलाका न्यायाधीश खेमराज भट्टको एकल इजलासले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएकाे अदालतका सूचना अधिकारी गणेश विष्टले जानकारी दिनुभयाे ।

करागार चलान हुनेमा महाकाली नगरपालिका–३ बाँजका २७ वर्षीय नरेन्द्रसिंह महर, ३८ वर्षीय रुकुमसिंह महर, मालिकार्जुन गाउँपालिका–३ का ५१ वर्षीय श्यामसिंह धामी रहेका छन् । यस्तै अन्य पाँच जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएकाे छ ।

धरौटीमा रिहा हुनेमध्ये महाकाली–३ का २१ वर्षीय ईश्वरसिंह महरबाट एक लाख रुपैयाँ माग गरिएको छ । यस्तै ४४ वर्षीय विशनसिंह नगाल, २७ वर्षीय रमेशसिंह महर, ३० वर्षीय देवसिंह महर र कैलालीको गोदावरी नगरपालिका–३ कालीका टोलका ३४ वर्षीय शंकरकुमार भुलबाट जनही ५० हजार रुपैयाँ धरौटी माग गरिएको अदालतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्