×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चोलेन्द्रले नाम लिएका बहालवाला न्यायाधीशसँग सोधपुछ गरिने, नेताहरुलाई छुट !

चोलेन्द्रले नाम लिएका बहालवाला न्यायाधीशसँग सोधपुछ गरिने, नेताहरुलाई छुट !

काठमाडौं- महाअभियोग सिफारिस समितिले बहालवाला न्यायाधीशलाई पनि सोधपुछका लागि बोलाउने भएको छ । समितिको बुधबार बसेको बैठकले निलम्बित प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराले नाम लिएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको हो ।

चोलेन्द्रले नाम लिएका न्यायाधीश, पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूको नाम लिएका थिए । उनीहरू सबैलाई बोलाउन पत्राचार गर्ने निर्णय बैठकले गरेको समितिका ज्येष्ठ सदस्य राम बहादुर विष्टले जानकारी दिए ।

तर समितिले राजनीतिक दलका नेताहरुलाई भने सोधपुछका लागि नबोलाउने निर्णय गरेको छ । समितिको अर्को बैठक भोलि बस्ने समितिका सदस्य एवम् नेपाली कांग्रेस नेता मिन विश्वकर्माले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्