एजेन्सी- ९६ वर्षसम्म बाँच्नु आफैंमा एउटा ठूलो उपलब्धि हो । तर, उत्तरी जर्मनीकी एक महिला बुढेसकालमा हत्या आरोप सहेर बाँचिरहेकी छिन् । दोस्रो विश्वयुद्धका दौरान जतिबेला पोल्यान्ड हिटलरको कब्जामा थियो, त्यतिबेला यी महिला कुनै एक नाजी शिविरको एसएस कमाण्डर थिइन् । उनीमाथि ११ हजार मानिसको हत्यामा सहयोग गरेको आरोप छ । यसबारे अदालतमा मुद्दा चलिरहेको छ । र, मुद्दा चलिरहेकै समय उनले अर्को काण्ड पनि निम्त्याएकी छिन् ।