×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विराटनगरमा एटीएम मेसिन तोडफोड गर्ने पक्राउ

विराटनगरमा एटीएम मेसिन तोडफोड गर्ने पक्राउ

विराटनगर- विराटनगरमा बैँंकको एटिएम मेसिन तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-३ कंचनबारीमा रहेको माछापुच्छ्रे बैंकको एटीएम तोडफोडमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका-५ का २१ वर्षीय पारस कालिकोटे रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

आइतबार राति एटीएम मेसिन तोडफोड भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सीआरभी पोस्ट भट्टाचोकबाट गएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका कालिकोटेको जिल्ला प्रहरी कार्यालय मोरङबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्