×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

अत्यधिक वर्षाका कारण बाढीमा परी युरोपमा १३३ जनाको मृत्यु

अत्यधिक वर्षाका कारण बाढीमा परी युरोपमा  १३३ जनाको मृत्यु

एजेन्सी - अत्यधिक वर्षाका कारण आएको भिषण बाढीमा परी जर्मनीमा १३३ जनाको मृत्यु भएको छ । यो सँगै बाढीमा परि युरोप कुल १५३ जनाको मृत्यु भएको जनाइएको छ । स्थानीय अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार सबै भन्दा धेरै क्षति जर्मनीमा भएको छ । यस्तै, बेल्जियममा कम्तीमा २० जनाको मृत्यु भएको छ भने हराइरहेका मानिसहरूको अझ सङ्ख्या बढी रहेको बताइएको छ ।

जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ । यस प्रकोपबाट त्यहाँ ९० व्यक्तिको मृत्यु भएको छ । त्यस क्षेत्रमा यसअघि नै ४३ व्यक्तिको मृत्यु भएको राज्यका अधिकारीहरुले जानकारी दिएका थिए ।

नर्थ राइन वेस्ट फेलियाका प्रमुख आर्मिन लशेटले अति प्रभावित क्षेत्रमा पुगेका बेला मौसमको पराकाष्ठाको निम्ति जलवायु परिवर्तनलाई दोष दिएका छन् ।

एजेन्सीको सहयोगमा 
 

प्रतिकृया दिनुहोस्