×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सूचना/प्रविधि

एप्पललको आईफोन १३ सिरिज सार्वजनिक

एप्पललको आईफोन १३ सिरिज सार्वजनिक

काठमाडौं- एप्पललको आईफोन १३ सिरिज सार्वजनिक भएको छ । मंगलबार राति आयोजित कार्यक्रममा एप्पलले  आइफोन १३, आईफोन १३ मिनी, आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्स गरी ४ मोडलमा नयाँ सिरिज सार्वजनिक गरेको हो ।

आइफोन १३ मा ए१५ बायोनिक चिप राखिएको एप्पलले जनाएको छ । हालसम्मका सबै स्मार्टफोनको तुलनामा फास्ट सीपीयू रहेको दाबी गरिएको यो फोनमा १६ कोर न्युरल इन्जिन छ । जसले आइओएस १५ को साथमा प्रयोगकर्ताले अर्को तहको अनुभव प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 
आइफोन १३ मा १२ मेगापिक्सेलको वाइड एंगल लेन्स र १२ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरासहित दुई ओटा क्यामेरा दिइएको छ । दुवै फोनमा फाइभजी कनेक्टिभिटीको सुविधा छ । आइफोन मिनीको मूल्य ६९९ अमेरिकी डलर र आइफोन १३ को मूल्य ७९९ अमेरिकी डलर छ ।

प्रतिकृया दिनुहोस्