×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आगामी निर्वाचन संविधान च्यात्न चाहने शक्ति विरुद्धको लडाइँ हो : देउवा

आगामी निर्वाचन संविधान च्यात्न चाहने शक्ति विरुद्धको लडाइँ हो : देउवा

धनगढी- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन संविधान च्यात्न चाहने शक्तिविरुद्धको लडाइँ भएको बताएका छन् । आफ्नो गृहपालिका गन्यापधुरामा आयोजित चुनावी सभालाई शुक्रबार सम्बोधन गर्दै देउवाले ठूलो मूल्य चुकाएर ल्याइएको संविधान च्यात्ने प्रयत्न रोक्नुपर्ने भएकोले गठबन्धनलाई मत दिन उनले आग्रह पनि गरे ।

कार्यक्रममा देउवाले विद्युत् आयोजनाहरु निर्माणले मात्र देशमा ठूलो रोजगारी सिर्जना हुने भएकोले गठबन्धनले पहिलो प्राथमिकतामा जलविद्युत् विकासलाई राखेको बताए । डडेलधुरामा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका प्रधानमन्त्री देउवा बिहीबारदेखि गृहजिल्लामा चुनावीसभा र भेटघाटमा व्यस्त छन् ।

 

प्रतिकृया दिनुहोस्