×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जनताका अपेक्षा पूरा गर्ने गरी काम गछौँ : गगन थापा

जनताका अपेक्षा पूरा गर्ने गरी काम गछौँ : गगन थापा

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका साझा उम्मेदवार गगन थापाले जनताका अपेक्षा पूरा गर्ने गरी काम गर्ने बताएका छन् । चुनावी घरदैलो कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

संविधानको रक्षा गरेर शान्तिपूर्ण वातावरणमा राजनीतिक अस्थिरता कायम गरेर समृद्धिको लक्ष्यलाई भेटाउने बाहेक अर्को उद्देश्य नभएको उनले बताए ।  

उनले भने,‘हामीले प्राप्त गरेको जिम्मेवारीबाट आम जनअपेक्षा सम्बोधन गर्न सक्छौँ कि सक्दैनौ हाम्रो अगाडिको प्रश्न पनि यही हो । हाम्रो चुनौती पनि यही हो । निर्वाचन हामी जित्छौँ । निर्वाचन जितिसकेपछि जुधेको त्यो अपेक्षाहरूलाई पुरा गर्न सक्ने इच्छाशक्ति पनि हामीले राख्न सक्नुपर्छ ।’ थापाले यो पटक जनतालाई निराश नबनाउने बताए ।

उनले थपे,‘हामी निर्वाचित भइसकेपछि यो पटक आम जनतालाई निराश बनाउने छैनौँ । हामी यो पटक चुक्ने छैनौँ । हामी यो पटक गठबन्धनमा रहेको दलहरू गठबन्धनको धर्म निर्वाह गर्ने छौँ । गठबन्धनका दलहरू मिलेर मत मागिसकेपछि यो मतको इज्जत राख्ने छौँ ।’ सत्ता गठबन्धन नचुकी नबिराई अघिल्लो पाँच वर्षमा जे क्षति भएको छ । त्यो क्षतिलाई पनि पूर्ति गरेर नेपालको इतिहासमा सर्वाधिक सफल हुने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्