×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माघ ३ गतेदेखि रेष्टुरेन्ट, फिल्म हल, पार्क र क्लबमा छिर्न खोप कार्ड अनिवार्य

माघ ३ गतेदेखि रेष्टुरेन्ट, फिल्म हल, पार्क र क्लबमा छिर्न खोप कार्ड अनिवार्य

काठमाडौं - आगामी माघ ३ गते रेष्टुरेन्ट,दोहोरी साँझ, फिल्म हल, क्लब, पार्क लगायतका सार्वजनिक ठाउँमा प्रवेश गर्न खोप कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ ।

आज बसेको सीसीएमसी बैठकले यस्तो निर्णय गरेको हो । प्रवक्ता सुनिता नेपालका अनुसार खोप कार्ड नभएका व्यक्तिहरुले ती स्थानमा प्रवेश पाउनेछैनन् ।

खोप कार्ड देखाएर मात्रै प्रवेश दिने निर्णय सीसीएमसीले गरेको प्रवक्ता नेपालले बताइन् । यो निर्णय कार्यान्वयनका लागि बैठकले गृह मन्त्रालयलाई पत्र लेखेको छ ।

पछिल्लो दिनमा कोभिड–१९ संक्रमणमा वृद्धि भएपछि सरकारले भीडभाड हुने ठाउँलाई नियन्त्रण गर्न यस्तो नियम ल्याएको हो ।

प्रतिकृया दिनुहोस्