माया यो शब्द आफैमा कति अनमोल छ है ? मायाको वर्णन आज सम्म न कसैले गर्न सके सायद न कसैले गर्न सक्छन् । प्रेम त यहाँ सबैले गर्छन् तर निभाउने आफ्नो आफ्नो तरिका बोल्ने बित्तिकै अनि हेर्ने बित्तिकैको प्रेम होइन उनी सँगको मेरो यो त बरु निरन्तरको सामिप्यताले तिमी कार्बन राखेर छापेको चित्र झैँ छापियौ मेरो मनमा, हुबहु चित्र जस्तै भएर । आखिर मन म सँग पनि त रहेछ, माया गर्न यसले पनि त जान्दो रहेछ ।
मान्छेहरू किन एकअर्कालाई प्रेम गर्छन्, त्यो त एकिन साथ भन्न सक्दिनँ म । तर म भने यसकारण तिमीलाई प्रेम गर्छु की, म पनि उस्तै प्रेमको अपेक्षा गर्छु तिमीबाट । के तिमीले मलाई त्यस्तै प्रेम दिएको छौँ ?
तिम्रो सम्पर्कमा आउनु अगाडी मैले आफ्नै मनलाई पनि चिनेको रहेनछु । मान्छे कत्तिपटक आफैलाई पढ्न नजानेर जिन्दगीको परीक्षामा लगातार अनुत्तीर्ण भइरहन्छ । तर तिमीले मलाई त्यो हुनबाट जोगायौ । आफैसँग आफैलाई परिचित गराइदियौ ।
विज्ञानले मुटुको चार कोठा छ भन्छ, अरूको बास ती कोठाको कुनै एक कुनामा हुँदो हो तर तिमी हरेक कोठाको मध्यबिन्दु बनेर बसेको छौ। सामाजिक सञ्जालले भेटाएको हामी र जुराएको यो प्रेम ! तिमी मेरो लागी एक अन्जान हौ तर यति छिटै मेरो जिन्दगी बनेको छौँ । मलाई भगवानको कृपा छ होला र त तिमीलाई पाए र मायामा हार्न जानिन् । २०७५ को त्यो भेट अनि २०७६ मा यो सम्बन्धलाई दिएको नाम अनि यही बिचमा भएका तिता अनि मिठा कुरा म शब्दमा बयान गर्ने नै सक्दिन । मैले लेख्ने कवितामा शब्द तिमी हुन्छौ, शब्दमा भाव तिम्रो हुन्छ अनि भावमा आकृति तिम्रो।
मेरो हातमा घडी छैन तर हरेक पल तिमी मेरो समय बनेको हुन्छौ। बिहानीको किरणदेखि मध्यरातको निद्रामा पनि सपनी सजाउन आएको हुन्छौ। म आज पनि ती दिनमा फर्कन चाहन्छु जहाँ म तिमीमा हराएको हुन्थे । प्रश्न गर्नु त गलत नै हुन्छ तर के तिमी मलाई आफ्नो छातीमा टाँसेर राख्छ्यौरु त्यसरी नै जसरी तिम्रो अधिकारले दिएको छ। यो प्रेमयात्रामा तिमीले बहार बिछ्याइदियौ । स्वर्ग र सपनाको किरण छरिदियौ । अनि माया नै मायाको पुष्पवृष्टि गरिदियौ । मेरो आत्माको नदी तिर्खाएको छ, अनि तिम्रो नदीसँग मिसिएर समुन्द्रमा अनुवादित हुन चाहन्छ । ए भद्र मान्छे, समुन्द्रको नुनिलो पानीझै हुँदोरहेछ माया । जति पियो, त्यति प्यास जाग्ने । कहिल्यै तृप्ति नहुने । मायाप्रीति लगाउनका लागि एक पलजस्तो मात्र लाग्छ यो जीवन । किनकि यो असीम छ र अविराम छ । विज्ञ ओशो भन्छन्, यदि तिमी फूलसँग प्रेम गर्छौ भने त्यसलाई नटिप, बोटमै छोडिदेऊ, फुलिरहन देऊ । किनकि तिमीले चुँड्यौ भने त्यो मर्नेछ । तिमीले फूलेको फूलसँग प्रेम गरेका हौ, तर चुँडिएपछि त्यो कहाँ फुलिरहन सक्छ र तिमी प्रेम गर्छौ ? म पनि त्यही फुल हु जुन तिमीबाट चुँडिए भने झर्ने नै छु ।
मायाको रँगिन रगमच्च सदैव एकैनास त नहुँदा रहेछ है ? हामी सधैँ एक जना सँग मात्र पनि खुसी हुन नसकिँदो रहेछ है मेरो प्रश्न तिमीलाई के तिमीले म बाट सदैव एकैनास खुसी प्राप्त गरेको छौ ? हाम्रो दुरी धेरै छ तिमी प्रदेशमा अनि म स्वदेशमा म पछिल्लो समय खै किन किन सारै एक्लो भएको महसुस गर्दै छु र म भावुक छु ! म तिमी प्रदेशीकोे स्वास्थ्य को कामना गरिरहेको छु ।यो थकित शरीर र जिन्दगी वाट थोरै बचेको समय सदुपयोग गरेर तिमी लाई फोन गर्छु मेसेज गरिरहन्छु । स्वार्थ छ यो माया मनले भन्छ म संगमात्र बोलीरहोस मलाईमात्र हेरीरहोस तर कहिलेको कामको व्यस्तता त कहिले फोन उठ्दैन थाहा छ फोन नउठदाँ मेरो मुटु तीव्र गतिमा ढुक ढुक थाल्छ फेरी पनि गर्छु झर्को पनि लाग्छ होला हगि रु त्यति भव्य र फराकिलो संसारमा आफन्तको मन जस्तै सङ्कुचित र साँघुरो छ कोठा पनि। ठुलो परिवारको सदस्यमा हुर्किएको मान्छे यसरी परिवारबाट टाढा हुँदा मन खुसी त के हुन्थ्यो ! मन खुसी भए मात्र संसारै रमाइलो लाग्ने रहेछ। तर मनको रमाइलो अब कुन दुनियाँमा खोज्नु ? जवानीका रहरलाग्दा केही वसन्त खेर गए। आज सम्म पाँचवटा दशैँतिहार छुटे। अनि पाँचै वर्ष भयो मुटु कठोर बनाएको पनि अनि त्यो कठोर बनाएको मुटुमा मैले बास गर्दा अलिकति त पिडा भोग्नै पर्यो नि तर यो पिडामा पनि मलाई सारै खुसी मिल्छ ।
जीवन के हो मैले केही बुझिन ।पटक्कै बुझिन बुझ्दै बुझिन।कहाँ किन के प्राप्ति को लागि भौँतारिएको छु।अंह केही बुझिन।आशै आस भित्र को त्रासमय जीवन मा निसास्सिएको यो समय मा तिमी बिरामी हुँदा म तिमीलाई तातो पानी तताएर दिन सक्ने अवस्थामा पनि छैन । एक्लो भई बेलाबेला टोलाइहरेको बेला हात दिन समेत सक्दिन ।
एक अन्जुली खुसी को लागि धेरै वर्षहरू प्रदेशमा दौडिरहेका छौँ ।पसिना त बगेकै थियो।वेदना का व्यथाहरू कथा बनिरहे । म तिम्रो हुने अनि तिमीलाई महसुस गर्ने मन छ । एउटा सुन्दर भविष्य तिमी सँग देखेको छु तिमीलाई मेरो प्रश्न के मेरो सपनालाई साथ दिन्छौ ? एउटा सानो कथा लेखेको छु तिम्रो लागी त्यही कथा को वरिपरि म हराइरहेकी छु ।
तिमी प्रदेश वाट पसिना र रगत बेचेर एक अन्जुली खुसी ल्याउने छौँ अनि म तिमीलाई पर्खिरहने छु छिट्टै आउने छौँ मलाई विश्वास छ । तिम्रो आँखा को वरिपरि रसाएका आँसु लाई मैले किनेर राखेको पछ्यौरीले पुछिदिनु छ । तिमीले भविष्यको लागी र परिवारको लागी रगत पसिना बगाएर दुखाएका ती हात समातेर जिन्दगीको अन्तिम गन्तव्य सम्म हिँड्न मन छ ।
मैले जिन्दगीमा धेरै जनाको सङ्गत गरे तर प्रेम एक जनालाई त्यो तिमी हौँ थाहा छ मलाई मैले प्रेम गर्दा धेरै चोटि हारेको छु तर तिमीसँग मात्रै हारीरहेको छु तिमी सँग मलाई सधैँ हार्नु छ जिताउनु त मैले तिमीलाई त मायामा अनि जिन्दगीको सफलतामा । मायाको शब्द भेटनी म यदि भेटेपनि त्यसलाई चयन गरी प्रस्तुत गर्ने जान्दिन आज मैले यी शब्दहरू कसरी प्रस्तुत गरिरहेको छु म आफै अन्जान छु भन्छन् नि मनमा हुनुपर्छ शब्दहरू आफैमा मार्मिक भएर बाहिर निस्कन्छ । यसरी सोच्दा सोच्दै असिना पसिनाले मेरो आँखा खुल्यो म त बेडमा रहेछु यसरी मनका शब्दहरू सपनामा देखेर म आफै छक्क परे सायद मेरो जीवनको प्रेम देखे होला मैले सायद बादलपारि मलाई लुकी लुकी हेरिरहेको अनि मलाई भेट्न आतुर भएको मेरो सपनाको प्रेम बिपनामा प्रतीक्षामा ...!