काठमाडौँ- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले स्थानीय तहको निर्वाचन सार्न सरकारलाई दबाव थालेकाे छ । समूहले आफूहरूलाई सहभागी गराउन भन्दै चुनाव सार्न माग गरेका हाे ।
नेकपाका स्थायी समिति सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले शुक्रबार गृहमन्त्री बालकृष्ण खाँणलाई भेटी आफूहरू पनि निर्वाचनमा सहभागी हुन चाहेको बताएका हुन् ।