×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सिंहदरबार छिर्ने गेट पास अब अनलाइनबाटै यसरी लिनुहोस्

सिंहदरबार छिर्ने गेट पास अब अनलाइनबाटै यसरी लिनुहोस्

काठमाडौं - गृह मन्त्रालयले मन्त्रालय प्रवेश गर्नका लागि अनलाइनबाटै प्रवेश पास लिने व्यवस्थाको आइतबारदेखि सुरुवात गरेको छ । आइतबारदेखि आफैँले अनलाइन प्रणालीबाटै आवेदन दिएर सिंहदरवार प्रवेश पास लिन सकिने व्यवस्था सुरुवात भएको मन्त्रालयले जनाएको हो । 

प्रवेश पासका लागि मोबाइल वा कम्प्यूटरमा प्रयोगकर्ताले प्लेस्टोरमा सिंहदरवार पास डाउनलोड गरेर वा ब्राउजरमा सिंहदरवारपास डट जिओभी डट एनपी लग इन गरेर प्रवेश पास प्राप्त गर्न सक्छन् ।

अनलाइन प्रणालीबाट दिएको आवेदन गृह मन्त्रालयले स्वीकृत गरेपछि त्यसै प्रणालीमा प्रवेश पास क्युआर कोडमा उपलब्ध हुनेछ ।  त्यहि क्युआर कोड प्रवेशका लागि सिंहदरवार गेटमा देखाउनुपर्ने छ । उनका अनुसार नागरिकले एक दिनदेखि तीन महिनासम्मको अस्थायी पास आवेदन गर्न सक्नेछन् ।

 ‘सिंहदरबार पास’ नामक वेबसाइटमा जानुपर्ने हुन्छ । यसका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिकृया दिनुहोस्