×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आजको मौसम : देशका केही भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम : देशका केही भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ- शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्यता बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेकाले आज दिउँसो पनि मौसम देशभर आंशिकदेखि सामान्यता बदली रहनेछ ।

देशका पहाडी भेगका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसैगरी राति देशको पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यता बदली रही बाँकी स्थानमा आंशिकदेखि मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ ।

प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिम रहेको छ ।

यस्तै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्