×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बैंक/वित्त

एमफानद्धारा संचालित दुई दिने NFRS तालिम सम्पन्न

एमफानद्धारा संचालित दुई  दिने  NFRS तालिम सम्पन्न

काठमाडाैँ - लघुवित्तका लगानीकर्ताहरुको साझा संगठन माईक्रोफाईनान्स एसोसिएसन अफ नेपाल (एमफान) को आयोजनामा NFRS तालिम सम्पन्न भएको छ । बुढानिलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा बिभिन्न लघुवित्तका वित्त विभाग प्रमुख र आन्तरिक लेखापरिक्षण विभाग प्रमुखहरुका लागि २ दिन सम्म NFRS  तालिम संचालन भएको हाे  

एमफानका अध्यक्ष जगत बहादुर पोख्रेलको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैकका लघुवित्त सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सुमन कुमार अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख वक्त्ताको रुपमा बोल्दै कार्यकारी निेर्देशक अधिकारीले लघुवित्तले गाउँ गाउँमा वित्तीय पहुँच पुर्याउदै गरिबी न्युनिकरणमा महत्वपुर्ण भुमिका खेलेको भन्दै लघुवित्त क्षेत्रको भविष्य उज्वल रहेको बताएका थिए । कार्यक्रममा नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा,आर्थिक पत्रकार समाजका अध्यक्ष जनार्दन बराल, एमफानका संचालक द्दय बाबुराम बिश्वकर्मा र नरेश के.सी.ले शुभकामना मन्तव्य व्यक्त्त गरेका थिए । 

२ दिन सम्म चलेको तालिममा सहभागी प्रशिक्षार्थीहरुका लागि एफसिए द्धय महेश गोदार र विदुर लुईटेलले प्रशिक्षण दिएका थिए । तालिममा बिभिन्न लघुवित्तवाट करिब २५ जनाको उत्साहजनक सहभागिता रहेको एमफानका कार्यकारी प्रमुख रविन पोखरेलले जानकारी दिएका छन् ।

अबको आर्थिक बर्षदेखि हरेक बर्ष लघुवित्त संस्थाहरुले  नेपाल राष्ट्र बैकलाई रिपोर्ट बुझाँउदाँ NFRS सिष्टम वाटनै बुझाउनुपर्ने गरि राष्ट्र बैकले निर्देशन जारी गरेपछि एमफानले यस्तो तालिमको आयोजना गरेको कार्यकारी प्रमुख पोखरेलले जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस्