×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सूचनाको हक अभावमा लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन : राष्ट्रपति

सूचनाको हक अभावमा लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सूचनाको हकको अभावमा लोकतन्त्रको परिकल्पना गर्न नसकिने बताएकी छन्। शनिबार राष्ट्रिय पत्रकारिता दिवस–२०७९ को अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान’ कार्यक्रममा पुरस्कार प्रदान गर्दै उनले पत्रकारबाट कसैलाई अन्याय हुन नहुने भन्ने पक्षलाई विशेष आत्मबोधका साथ कार्यान्वयन गर्न आह्वान गरेकी छन्।

उनले सूचना र सञ्चारको भ्रामक सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौती बनिरहेको पनि बताइन्। उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई सूचना र सञ्चारको हक तथा मौलिक हकका रुपमा सुनिश्चित गरेको बताउँदै यसबाट अभिव्यक्तिको स्वतन्त्रता संस्थागत हुनुका साथै सार्वजनिक सरोकारका कुनै पनि विषयमा सूचना प्राप्त गर्न नागरिक अधिकारको प्रत्याभूति भएको स्पष्ट पारिन्।

उनले आगामी दिनमा जिम्मेवार पत्रकारिताका माध्यमबाट नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई व्यवहारिकरुपमा कार्यान्वयन गर्ने काममा थप उत्साह प्राप्त हुने विश्वास व्यक्त गर्दै कोभिड–१९ महामारीजस्तो विपतको समयमा समेत जनतालाई सचेत बनाएको र राज्यका सरोकारवाला निकायलाई उपयुक्त रणनीति निर्माणका लागिसमेत पत्रकारिता क्षेत्रले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताइन्।

प्रतिकृया दिनुहोस्