×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

यसराजको कोरियोग्राफीमा ‘ब्राइट इभेन्ट फेसन शो’ सम्पन्न

यसराजको कोरियोग्राफीमा ‘ब्राइट इभेन्ट फेसन शो’ सम्पन्न

काठमाडौँ,कलाकार तथा मोडल यसराज गराचको कोरियोग्राफीमा काठमाडौँमा ‘ब्राइट इभेन्ट फेसन शो’ सम्पन्न भएको छ । ब्राइट इभेन्ट म्यानेजमेन्टका राजन बुढाथोकी तथा अनुशा रिजालद्वारा आयोजित शो पेप्सीकोलास्थित इन्टरनेसनल डान्स एकेडेमीको परिसरमा सम्पन्न भएको हो ।

शोमा जनकपुर, सिराहा, रौतहट, वीरगन्ज, विराटनगर, दोलखा, भक्तपुर तथा काठमाडौँका मोडलहरूले विभिन्न सिक्वेन्सहरुमा क्याटवाक गर्दै विभिन्न पहिरनहरू प्रदर्शन गरेका थिए । शोको पहिलो सिक्वेन्समा मोडलहरू दर्शक दीर्घाबाटै उठेर दौडँदै र्‍याम्पमा उक्लिएका थिए । शोका तीनवटै सिक्वेन्सले दर्शकहरूलाई नयाँ(नयाँ पहिरनको बारेमा जानकारी दिनुका साथै मोडलहरूको आकर्षक हाउभाउले मनोरञ्जन समेत गराएको थियो ।

फेसन शोकै क्रममा केही समयअघि सम्पन्न मिस ग्लोरियस नेपाल २०२१ का प्रतिस्पर्धी तथा विजेताको विशेष सिक्वेन्स पनि आकर्षक रह्यो । शोमा अर्मन सहनी, गौतम ठाकुर, वर्षा श्रेष्ठ, निर्भीक सिंह, राहुल जैसवाल, कुसुम रसाइली, इच्छा अधिकारी अतिथि मोडलको रूपमा सहभागी भएका थिए । रोजिन शाक्यद्वारा सञ्चालन गरिएको उक्त फेसन शोमा क्याटवाक गर्ने मोडलहरूलाई स्पर्श (अ म्याजिकल टच) ब्युटी इन्स्टिच्युटले श्रृंगारेको थियो ।

प्रतिकृया दिनुहोस्