×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

प्रकाश राजको शल्यक्रिया सफल

प्रकाश राजको शल्यक्रिया सफल

भारतीय सुपरस्टार प्रकाश राजको हातको शल्यक्रिया सफल भएको छ । उनको अगस्ट १० मा दुर्घटनामा परी हात भाँचिएको थियो ।

बुधबार हैदराबादको एक अस्पतालमा उनको शल्यक्रिया भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । राजले आफ्ना डाक्टर साथी गुरुवा रेड्डीबाट शल्यक्रिया गराएका हुन् ।

प्रकाश राजले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै आफ्नो हातको शल्यक्रिया भएको जानकारी दिएका छन् ।  प्रकाशले तस्बिर सेयर गर्दै, ‘डेभिल इज ब्याक… शल्यक्रिया सफल । धन्यवाद प्रिय मित्र डा. गुरुवा रेड्डी’ भनेर लेख्दै अस्पतालको शय्यामा रहेको तस्बिर सेयर गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्