×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालमा १८ वर्ष माथिका ७० प्रतिशत नागरिकले लगाए काेराेना खाेप

नेपालमा १८ वर्ष माथिका ७० प्रतिशत नागरिकले लगाए काेराेना खाेप

काठमाडौँ- नेपालमा १८ वर्ष माथिका ७० प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएका छन् । यो नेपाल र सहयोगी निकायहरूको ठूलो सफलता भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ । संगठनले ७० प्रतिशत वयस्क जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गरेकोमा नेपाललाई बधाइ पनि दिएको छ। 

‘७० प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकोमा नेपाललाई बधाइ । यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो । एकजुट भई सहकार्य गरे जे पनि सम्भव हुने यसले साबित गरेको छ,’ संगठनले ट्विटरमा भनेको छ ।

प्रतिकृया दिनुहोस्