×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बाग्मती

बुढीगण्डकी आयोजना बनाउन दबाब दिँदै माइतीघरमा प्रदर्शन

बुढीगण्डकी आयोजना  बनाउन दबाब दिँदै माइतीघरमा  प्रदर्शन

काठमाडौं -बुढीगण्डकी आयोजना निर्माणका लागि दबाब दिँदै गोरखा र धादिङका वासिन्दाले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।
आयोजना डुवान क्षेत्रमा विकास निर्माणको काम ठप्प भएको र आफूहरु सुकुम्बासी हुने स्थिति आएको भन्दै प्रभावित क्षेत्रका वासिन्दाले आयोजना छिटो शुरु गर्न माग गरेका हुन्।

बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिको आयोजनामा असोज ४ गतेदेखि माइतीघरमा धर्नामा बसेका प्रभावित क्षेत्रका वासिन्दा आइतबार नाराबाजी र प्रदर्शन गर्दै बानेश्वरसम्म आएका हुन।
पानी परिरहेका बेला रुझ्दै प्रभावित क्षेत्रका वासिन्दा नारा लगाउँदै माइतीघरबाट वानेश्वरतर्फ आएका थिए । उनीहरुले बुढीगण्डकी आयोजना छिटो बनाऊ, बुढीगण्डकी आयोजनामा राजनीति बन्द गर, हामीलाई सुकुम्बासी बनाउन पाइँदैनलगायतका नारा लगाएका थिए ।
बुढीगण्डकी प्रभावितले बुढीगण्डकी आयोजना निर्माणको मोडालिटी छिटो टुंग्याउनुपर्ने, घर, गोठ, बोटविरुवाको मुआब्जा दिनुपर्ने, दर्ता छुट भएका जग्गाको भोगचलनको आधारमा मुआब्जा दिनुपर्ने, सुकुम्बासी र ऐलानी जग्गामा बसोबास गरेकाहरुलाई मापदण्ड बनाएर मुआब्जा दिनुपर्ने लगायतका माग राखेका छन् ।
बुढीगण्डकी राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले एक हप्ता धर्ना बस्दा पनि सरकारले आफूहरुको माग सुनुवाइ नगरेको भन्दै अब सिंहदरबार र बालुवाटार घेराउ गर्ने चेतावनी दिए ।

प्रतिकृया दिनुहोस्