×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

वीरेन्द्रनगर ‘बर्डफ्लु’ संक्रमित क्षेत्र घोषणा

वीरेन्द्रनगर ‘बर्डफ्लु’ संक्रमित क्षेत्र घोषणा

काठमाडौं- सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु भेटिएको छ। वीरेन्द्रनगर नगरपालिका-३ का स्थानीय टेकराज आचार्यको पंक्षी फर्ममा रहेका टर्कीमा बर्डफ्लु पुष्टि भएको हो।

बर्डफ्लु नियन्त्रण गर्न संक्रमित क्षेत्र घोषणा गरेर डिस्पोजल टोली परिचालन गरिएको छ। बिहीबार बिहान बर्डफ्लु भेटिएको थियो। बर्डफ्लु देखिएलगत्तै जिल्ला प्रशासन कार्यालयमा बसेको प्राविधिक समितिको बैठकले नियन्त्रणका लागि आवश्यक तयारी थालिएको हो।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार पूर्वमा हरिडिल भूमि मावि जाने बाटो, पश्चिममा राना टोलको पिच बाटो, उत्तरमा जुम्ला रोड र दक्षिणमा राना टोलको ग्राभेल बाटो भित्रको एरियालाई बर्डफ्लु संक्रमित क्षेत्र घोषणा गरिएको छ।

बर्डफ्लु भेटिएको फर्ममा एक हजार ५ सय टर्की रहेका छन्। प्रमुख जिल्ला अधिकारी रिजालले पंक्षी तथा पंक्षीजन्य व्यवसायबाट संलग्न व्यवसायी तथा आम उपभोक्ताले सतर्कता अपनाई व्यापार, व्यवसाय सञ्चालन गर्न तथा उपभोग गर्न अनुरोध गरेका छन्।

प्रतिकृया दिनुहोस्