×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पश्चिमी इन्डोनेसियामा ६.४ म्याग्निच्युडको भूकम्प

पश्चिमी इन्डोनेसियामा ६.४ म्याग्निच्युडको भूकम्प

जाकार्ता- इन्डोनेसियाको पश्चिमी प्रान्त सुमात्रामा सोमबार ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको मौसम विज्ञान, जलवायु तथा भूभौतिक निकायले जानकारी दिएको छ ।

जाकार्ताको स्थानीय समयानुसार सोमबार बिहान १०:२९ सो भूकम्प गएको बताइएको छ । यस भूकम्पको केन्द्रविन्दु कराउआन मेन्तावाई जिल्लाको ११६ किलोमिटर उत्तरमा १० किलोमिटर गहिराईमा रहेको जनाइएको छ । भूकम्पपछि सुनामीको कुनै चेतावनी भने दिइएको छैन् । यसअघि स्थानीय समयाअनुसार सोमबार विहान ५ :३४ मा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यद्यपी ६.४ म्याग्निच्युडको भूकम्पलाई नै प्रमुख भूकम्पको रुपमा लिइएको छ । हालसम्म यस भूकम्पबाट धनजनको क्षति भएको कुनै समाचार प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्