×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बार्सिलोना दोस्रो स्थानमा उक्लियो

बार्सिलोना दोस्रो स्थानमा उक्लियो

काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले सेभियामाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले सेभियालाई १-० गोल अन्तरले पराजित गरेको हो । 

बार्सिलोनाको जितमा खेलको ७२औँ मिनेटमा पेड्रीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । पेड्रीले ओसुमान डेम्बेलेले असिस्टमा गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाको २९ खेलमा ५७ अंक भएको छ र ला लिगामा दोस्रो स्थानमा उक्लिएको छ । ला लिगामा ३० खेल खेलेको रियल म्याड्रिड ६९ अंकसहित शीर्ष स्थानमा रहेको छ । हारपछि सेभियाको भने ३० खेलमा ५७ अंक छ र लिगमा चौथो स्थानमा झरेको छ ।

प्रतिकृया दिनुहोस्