×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

असन-इन्द्रचोकमा दुई जना भरियाको मृत्यु

असन-इन्द्रचोकमा दुई जना भरियाको मृत्यु

काठमाडौँ - असन इन्द्रचोक क्षेत्रमा भारी बोकेर गुजारा गर्दै आएका दुई जनाको मृत्यु भएको छ । प्रहरीले मासङ गल्ली  र असनमा बिरामी अवस्थामा भेटिएका भरिया मजदुरलाई अस्पतालमा पठाएको थियो । वीर अस्पतालमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले  रातोपाटीलाई बताए । 

मृत्यु हुनेमा दोलखाको कालिन्चोक घर भएका ५४ वर्षीय पूर्णबहादुर थामी छन् । अन्दाजी ३५ वर्ष जतिका अर्का मृतकको भने पहिचान खुलेको छैन । ती भरिया मजदुर सार्वजनिक स्थानमै बस्ने गरेका थिए  यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्