×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विराटनगर महानगरको बजेट ४ अर्ब ४० लाख, यस्ता छन् प्राथमिकता

विराटनगर महानगरको बजेट ४ अर्ब ४० लाख, यस्ता छन् प्राथमिकता

विराटनगर– विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४ अर्ब ४० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगरकी उपप्रमुख शिल्पा कार्कीले नगर सभामा उक्त बजेट प्रस्तुत गरेकी हुन्।

बजेटको मुख्य स्रोतका रूपमा आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड र राजस्व बाँडफाँडबाट १ अर्ब १९ करोड २० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ।

यसैगरी, सङ्घ र प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदानबाट ३७ करोड ९६ लाख ३० हजार, सङ्घीय सरकारबाट सशर्त र समपूरक अनुदान वापत ८३ करोड ३४ लाख तथा प्रदेश सशर्त अनुदानबाट ४ करोड २३ लाख ६७ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ। यसबाहेक नगद मौज्दातबाट १४ करोड, सडक बोर्ड नेपालबाट १ करोड ५० लाख र अन्य सङ्घसंस्थाबाट १६ लाख रुपैयाँ जुटाइनेछ।

बजेटमा खर्चतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि ६४ करोड ७५ लाख रुपैयाँ छुट्याइएको छ। त्यस्तै, ऋणको सावाँब्याज भुक्तानीका लागि ५ करोड र चालु आर्थिक वर्षका भुक्तानी हुन बाँकी योजना तथा कार्यक्रमहरूका लागि ८ करोड रुपैयाँ विनियोजन गरिएको महानगरले जनाएको छ।

प्रतिकृया दिनुहोस्