एजेन्सी- बेलायतले युक्रेनी सेनामा सेवा गर्न चाहने सैन्य अनुभव नभएकालाई आगामी महिनादेखि तालिम दिने बताएको छ । बेलायती बेलायतको रक्षा मन्त्रालयले झण्डै दस हजार स्वयमसेवीलाई आफ्नो देश लगेर सैन्य तालिम दिने बताएको हो ।
ब्रिटिश नेतृत्वको यस नयाँ कार्यक्रममा १०५० बेलायत सैनिकले युक्रेनी स्वयंसेवकलाई तालिम दिनेछन् । न्यून सैन्य अनुभव भएका या हुँदै छँदै नभएकाहरुलाई तालिममा सहभागी गराउन लागिएको हो ।
तालिम ब्रिटेनको आधारभूत सैन्य तालिममा आधारित हुनेछ । यस अन्तर्गत हतियार कसरी चलाउने, युद्ध मैदानमा चोट लागे कसरी प्राथमिक उपचार गर्ने, अनुगमन रणनीतिलाई अगाडि बढाउने र युद्ध क्षेत्रमा लागू हुने नियम आदिमा केन्द्रीत हुने बताइएको छ ।