×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पार्टीको मूल्य मान्यतालाई कुर्सीसँग साट्ने छैन : ऊर्जा राज्यमन्त्री सिंह

पार्टीको मूल्य मान्यतालाई कुर्सीसँग साट्ने छैन : ऊर्जा राज्यमन्त्री सिंह

हेटौँडा- ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्यमन्त्री दीपक बहादुर सिंहले पार्टीको मूल्य मान्यतालाई कुर्सीसँग नसाट्ने बताएका छन् । राप्रपा सरकारमा जानु भनेको आफ्नो मूल्य मान्यतालाई थप बलियो बनाउनु भएको उनले बताए ।

राज्यमन्त्री सिंहले मूल्य मान्यतालाई रद्दीको टोकरीमा फालेर अघि बढ्ने स्वभाव आफ्नो र राप्रपाको नरहेको दाबी गरे । आफूले निर्वाचनको समयमा मकवानपुरे जनतासँग गरेको बाचा नभुलेको उल्लेख गर्दै सिंहले जनतासँग गरेका वाचाहरू पूरा गर्न निर्वाचित भएकै दिनबाट लागिसकेको दाबी गरे ।

आफू राप्रपाको तर्फबाट विजयी भएको भए पनि मकवानपुरको विकासमा अन्य दलसँग सहकार्य गरेर अघि बढ्ने राज्यमन्त्री सिंहको भनाई छ ।

प्रतिकृया दिनुहोस्