×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पुष्पा २ मा , अल्लु अर्जुन ग्याङस्टर लुक्समा

पुष्पा २ मा , अल्लु अर्जुन ग्याङस्टर लुक्समा

काठमाडौं-प्रतीक्षित दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को टिजर सार्वजनिक भएको छ । तीन मिनेट लामो यो इन्ट्रो टिजरमा अल्लु अर्जुनलाई पुष्पाको भूमिकामा प्रस्तुत गरिएको छ । उनलाई जंगलमा एक बाघसँग जम्काभेट भएको रुपमा देखाइएको छ ।

पुष्पालाई सार्वजनिक गर्नुपर्ने माग राख्दै उसका फ्यानले गरेको प्रदर्शनलाई समेत यसमा प्रस्तुत गरिएको छ । फिल्म ‘पुष्पा २’ यसको शीर्ष चरित्र पुष्पा पात्र र खलपात्र भानवर सिंहबीचको लडाइँमा आधारित छ । यो ग्याङस्टर फिल्मले एक सामान्य व्यक्ति कसरी संघर्ष गरेर शक्तिको उचाइमा पुग्छ भन्ने कथा चित्रण गर्छ ।

प्रतिकृया दिनुहोस्