शङ्कर बिसी र अञ्जली अधिकारीको अभिनित रहेको तीज गीत ‘ओइ ओइ लालुमै’ सार्वजनिक भएको छ । नेत्र अर्यालको शब्द तथा खेम सेन्चुरीको लय रहेको गीतमा खेम सेन्चुरी र देवी घर्ती मगरको स्वर छ । बिनोद बाजुरालीको सङ्गीत संयोजन रहेको गीतको भिडिओ शङ्कर बिसीले नै निर्देशन गरेका हुन् ।
बिसीकै कोरियोग्राफी रहेको गीतमा दुर्गा पौडेलको छायाङ्कन र विकास ज्ञवालीको सम्पादन छ ।